काठमाडौँ २१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ सम्म मन्त्रिपरिषद विस्तार हुन सक्ने जानकारी दिएका छन् । पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनले उस्तै परे आज नै शपथ ग्रहण समेत हुने बताएका छन् । आफ्नो पार्टीबाट मन्त्रिपरिषद्मा ५० प्रतिशत महिला पठाउने निणर्य गरेको समेत प्रचण्डले बताएका छन् ।
उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ आफ्नो पार्टी लागि परेको बताएका छन् । मन्त्रीको टुंगो लगाउन आज नेकपा एकिकृतको समाजवादी पार्टी बैठक बस्दै छ ।
माओवादी केन्द्रले भने हिजो देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरिसकेकोमक छ ।