गठवन्धन सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन नेकपा एसको स्थायी कमिटीको बैठक बस्दै — OSNepal

गठवन्धन सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन नेकपा एसको स्थायी कमिटीको बैठक बस्दै

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । गठवन्धन सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन आज नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

बैठक आज बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने एक नेताले बताएका छन् । आज बस्ने बंैठकले मन्त्री टुंगो लगाउने भएको छ । नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आलेलाई मन्त्री बनाउने बुझिएको छ ।

साथै आज पुर्व वन मन्त्री समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

बुधबार मात्र नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्य मन्त्रीको टुंगो लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर