काठमाडौँ( नेपाल राष्ट्र बैंकले आज आइबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ ।