आमा मान्नेले दुध मात्रै खालान्, हामी गाईको मासु पनि खान्छौँ भन्दै माइतिघरमा विरोध प्रदर्शन — OSNepal

आमा मान्नेले दुध मात्रै खालान्, हामी गाईको मासु पनि खान्छौँ भन्दै माइतिघरमा विरोध प्रदर्शन

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । नेपाल धर्म निरपेक्ष राष्ट्र भएकाले धर्मनिरपेक्षताका नाममा विभेद लादेको भन्दैविभेदकारी कानुन खारेजी संघर्ष समितिले आज काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको छ ।

विरोधमा उत्रिएकाहरु प्रर्दशनकारीले मइतिघरमा ‘आमा मान्नेले दुध मात्रै खालान्, हामी गाईको मासु पनि खान्छौँ,‘हाम्रो बुबुबाजेले खाए, हाम्रा बाउ बाजे खाए, त्यसपछि उनीहरु र हामीलाई जेल हाल्ने कानुन बनाए‘,गाई काट्यो भन्दैमा जेल हाल्छ, गोरु काट्यो भन्दैमा जेल हाल्छ, जतीय विभेद उही गर्छ तर सदभाव हामीले विगार्यौँ भन्छ’ लगायतका प्लेकार्ड बोकी प्रदर्शनमा सहभागि भएका थिए ।

तिम्रो कानुनको हतकडी किन रु यो देश धर्मनिरपेक्ष देश हो, हिन्दराष्ट्र होइन । गाई काटेर खानु हाम्रो अधिकार हो, अपराध होइन ।’विरोध कार्यक्रममा प्रदर्शनकारीले भनेका छन् । संघर्ष समितिले एक विज्ञप्ती नै जारी गरेको छ ।

विज्ञप्तीमा भनिएको छ , ‘धर्मनिरपेक्षता ९षड्यन्त्रपूर्ण सनातनी धर्म रक्षाको नाममा०को धज्जी उडाउँदै यो विभेदकारी सत्ताले आज पनि आदिवासी(जनजाति, दलित, मुस्लिम र सीमान्तीकृत उत्पीडित समुदायमाथि पटक–पटक विभेदकारी कानुन लादेर जेलनेल, धरपकड, हत्या र बर्बर दमन जारी छ ।’

‘आदिवासी-जनजाति, दलित, मुस्लिम आदि समुदायले मासु–जन्य आहारको रूपमा उपभोग गर्दै आएको गाईलाई कथित ‘राष्ट्रिय जनावर’को गलत तर्क पेश गर्दै गाई-गोरुको बध गरेमा अपराध करार गर्दै मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ अनुसार ‘गाई, गोरु बधगरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ ।

सो दण्ड सजायको व्यवस्थाले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग गर्न पाउने मानवअधिकार र मौलिक हकको हत्या गरेको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर