पारिश्रमिक नपाएको भन्दै एभिन्यूज टेलिभिजन लगायत सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको माइतिघरमा विरोध प्रदर्शन — OSNepal

पारिश्रमिक नपाएको भन्दै एभिन्यूज टेलिभिजन लगायत सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको माइतिघरमा विरोध प्रदर्शन

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । तलब नबढाएपछि बुधबार काठमाडौंको माइतीघरमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरु विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन लगायतका प्रतिष्ठित सञ्चार माध्यामका पारिश्रमिक नपाएका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिष्ठित सञ्चार माध्यामले नै पारिश्रमिक नदिएपछि पत्रकार महासंघ केन्द्रीय समितिको अगुवाईमा आज बुधबार माइतीघरमा मण्डलमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर, तलबः दूरी नबढाउ, मजबुरी नदेखाउ , हामी पत्रकार चाहान्छौँ श्रम अधिकार जस्ता प्लेकार्ड बोकेर विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर