अभिनेत्री अनुष्का शर्मा सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । हालै उनले आफ्नो इन्ष्टाग्राम स्टोरीमा एक पोस्ट सार्वजनिक गर्दै उनले ब्यक्तिहरुलाई चेतावनी दिएकी छिन् । अनुष्काले पोस्ट गर्दै यस बिषयमा आफु संग निहु नखोज्न चेतावनी दिएकी हुन् । आज हामीलाई अनुष्का संग कुन कुरामा निहुँ खोज्न हुदैन त भन्ने बिषयमा चर्चा गर्दैछौ । अनुष्काले एक किताबको फोटो शेयर गरेकी छिन् जसमा बोट बिरुवा माथि आफ्नो लाइफस्टाइलको फाईदामा बारेमा दिइएको छ ।
उनले लेखेकी छिन्– मासु खानेवालाहरु कृपया यो पढ्नुस तथा मेरो शाकाहारी लाईफस्टाइललाई लिएर म संग बहस गर्ने कोशीश नगर्नु । यो किताब सिमोन हिलद्धारा लेखिएको द प्रुफ इज इन द प्लान्टस् जसलाई जिममा पढ्दै अनुष्काले शेयर गरेकी छिन् । अनुष्का यहि किताब पढेर शाकाहारी खानेकुराका बारेमा जानकारी लिने गर्छिन् । अभिनेत्री अनुष्का आफु शाकाहारी रहेकी छिन् ।