आज एक हजार ४३ जनामा कोरोना सङ्क्रमण,१२ जनाको निधन — OSNepal

आज एक हजार ४३ जनामा कोरोना सङ्क्रमण,१२ जनाको निधन

LC (KTM) October 06, 2021 0

नेपालमा पछिल्लो २४ घन्टामा आज एक हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार १९४ पुगेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । आज ८९१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७२ हजार २२९ रहेको छ ।

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।६ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १९२ जनाको निधन भइसकेको छ । आज ५९ हजार ३७६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यस्तै अहिलेसम्म ७९ लाख ६२ हजार ६४७ ले पहिलो मात्रा र ६४ लाख १९ हजार ४८० ले पूर्ण मात्राको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर