१ हजार ४३ जना संक्रमितको पुष्टि हुँदा १२ जनाको मृत्यु — OSNepal

१ हजार ४३ जना संक्रमितको पुष्टि हुँदा १२ जनाको मृत्यु

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४ हजार ३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । थपिएका मध्ये ३४४ जना काठमाडौंका रहेका छन् ।

त्यसैगरी,ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमितको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर