सात वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दे आएका तुलसीपरका यादवले गर्छन वार्षिक २० लाख आम्दानी — OSNepal

सात वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दे आएका तुलसीपरका यादवले गर्छन वार्षिक २० लाख आम्दानी

LC (KTM) October 06, 2021 0

तुलसीपुर तुलसीपर उपमहानगरपालिका– १० निवासी यादव भण्डारीले ‘भण्डारी माछापालन एण्ड कृषि फर्म’मार्फत आफ्नै जग्गामा व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको छ ।
उहाँले पालन गरेका माछा अहिले दाङका बजारमा निकै माग हुने गरेको छ । उहाँले सात वर्षदेखि एक बिघा क्षेत्रफलमा तीन पोखरी बनाएर माछापालन गरिरहनुभएको छ । यसबाट उहाँले वार्षिक रु १५ देखि २० लाखसम्म आम्दानी गरिरहनुभएको छ । “आफ्नै जग्गामा यसरी व्यावसायिक माछापालन गर्न थालेका सात वर्षभयो”,उहाँले भन्नुभयो,“यसबाट वार्षिक १५÷२० लाख आम्दानी हुने गरेको छ ।” ग्रास, सिल्भर, कमन, राहु, नैनी जातका माछापालन गरिरहनुभएको छ । ती माछा जिल्लामा मात्रै होइन्, बाँके, बर्दिया, सल्यान र कैलालीसम्म पुग्ने गर्छन् ।

अहिले दाङ तथा आसपासका क्षेत्रमा माछाका भुरा पाइदैन । यसले गर्दा पनि टाढाबाट माछाका भुरा ल्याउनुपर्ने अवस्था छ । उहाँले चितवनबाट माछाका भुरा ल्याउने गर्नुहुन्छ । उहाँले भन्नुभयो “ केही समयपछि आफै नै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु । ” आफ्नो थप जग्गामा पोखरी बनाएर माछाका भुरा उत्पादन गर्ने तयारी रहेको उहाँको भनाइ छ । “अहिले बाहिरी जिल्लाबाट माछाका भुरा ल्याउनुपर्छ”, उहाँले भन्नुभयो,“अब म दाङमै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु, यसले दाङ तथा आसपासका अन्य जिल्लालाई पनि सहज हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर