फेसबुककी पूर्वकर्मचारी भन्छिन्–फेसबुकले बालबालिका बिगार्‍यो — OSNepal

फेसबुककी पूर्वकर्मचारी भन्छिन्–फेसबुकले बालबालिका बिगार्‍यो

LC (KTM) October 06, 2021 0

न्युयोर्क, २० असोज- फेसबुकका वेबसाइट र एप्सले बालबालिकालाई हानि पु¥याउने र विभाजन बढाउने फेसबुककी एक पूर्वकर्मचारीले गुनासो गरेकी हुन् । फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले यस्तो गुनासो गरेकी हुन् ।

कमोजोरी थाहा हुँदा हुँदै पनि फेसबुकले यसबारे चासो नदिइँ नाफालाई प्राथमिकता दिइएको उनको भनाई छ । कम्पनीका गोप्य कुराहरू चुहाएपछि फेसबुकले हाउगनको आलोचना गर्दै उनीसँगै पर्याप्त ज्ञान नभएको टिप्पणी गरेको छ ।

फेसबुकले आफ्ना सुरक्षा अवस्थाको बचाउसमेत गरेको छ । उनको भनाईपछि रिपब्लिकन र डेमोक्र्याट सांसद्ले फेसबुकमा परिवर्तन आवश्यक रहेको सुझाब बताएका छन् । फेसबुकमा सुधार अमेरिकी संसद् कंग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाई छ ।

विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका २ अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता छन् । मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता कम्पनीका अन्य उत्पादन पनि उत्तिकै लोकप्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर