काठमाडौं २० असोज । मन्त्रालयको भागवण्डा मिलेपछि सत्तागठवन्धन दलहरुले आफ्नो बैठक बोलाएका छन् । सरकारको नेतृत्व गरेको तिन महिना पुग्न लाग्दा मंगलबार मात्र मन्त्रालयको भागवण्डामा सहमति जुटेकोम हो ।
आज सरकार मन्त्री पठाउनको लागि जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक बस्ने भएको छ । जसपाका प्रचार विभागका प्रमुख डम्बर खतिवडाले दिएको जानकारी अनुसार बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको छ ।
मंगलबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्य मन्त्री, नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री पाउने सहमति भएको थियो ।