काठमाडौं २० असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब पार्टी सभापतिको नेतृत्व काठमाडौंका नेताहरुले गर्नुपर्ने बताएका छन् । यति लामो समय सम्म काठमाडौं बाहिरका नेताहरु सभापति बनेको भन्दै नेता सिंहले अब काठमाडौंको पालो आएको बताएका हुन् ।
नागार्जुन नगरपालिकामा नवनिर्वाचित नगर समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै नेता सिंहले अब पार्टीको यो महाधिवेशनमा आफु सभापतिको उम्मेदवारमा प्रतिस्पर्धा गर्ने बताएका छन् । अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?’ भन्दै प्रश्न गरेका नेता सिंहले भने, यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको हो । अब पालो काठमाडौंको हो । कि हामी सधैँ अरूको झोलामात्रै बोकेर हिँड्नुपर्ने हो ?,
सधैं आफुले मात्र ग्याग गर्नुपर्छ भन्ने नभएको बताएका उनले भने, ‘म पहिलो निर्वाचित महामन्त्री हुँ , यसपटक सभापतिमा म उठ्ने हो ।’ साथै उनले जनताले खोजेजस्तो सभापति चुन्नु पर्ने समेत बताएका छन् ।