मन्त्रालयको भागवण्डा पछि मन्त्रीको टुंगो लगाउन माओवादीको बैठक बस्दै — OSNepal

मन्त्रालयको भागवण्डा पछि मन्त्रीको टुंगो लगाउन माओवादीको बैठक बस्दै

LC (KTM) October 06, 2021 0

मन्त्रालयको भागवण्डा पनि मन्त्रीको टुंगो लगाउन माओवादीको बैठक बस्दै

काठमाडौं २० असोज । मन्त्रालयको भागवण्डा भएपछि नेकपा माओवादी केन्द्रको मन्त्रीको टुंगो लगाउनको लागि बैठक बस्ने भएको छ । बैठक आज बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । सरकार मन्त्री पठाउने विषयमा छलफल गर्न बैठक बस्न लागेपनि बैठकमा समसामयिक राजनीतिका साथै पार्टीका विभिन्न विभाग, आयोग, मञ्च लगायतको पूर्णता दिने विषयमा समेत छलफल हुने स्रोतले बताएको छ ।

अर्थ र उर्जा मन्त्रालयमा आफ्नो मन्त्री पठाइसकेको माओवादी अब बढीमा चार मन्त्री पठाउने छ ।

माओवादीले अर्थ, ऊर्जा, शिक्षा–विज्ञान तथा प्रविधि, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण, उद्योग–वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालय पाउने सुहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर