पहिरोपीडितका लागि बनाइएका घर — OSNepal

पहिरोपीडितका लागि बनाइएका घर

LC (KTM) October 06, 2021 0

दक्षिण पर्वतको पैयूँ गाउँपालिका– ५ भुर्तेलथोकमा द निर्भीक फाउण्डेशनले निर्माण गरेको घर । पहिरोबाट विस्थापित भएकामध्ये पहिलो चरणमा चार घर निर्माण गरी हस्तान्तरण गरिएको छ । तस्वीर ः तोलाकान्त बगाले÷रासस

विपद जोखिम न्यूनीकरणसम्बन्धी प्रयोगाभ्यास-भूकम्प तथा आगलागीजस्ता विपद्बाट नागरिकलाई सुरक्षित रहने उपायका बारेमा चाँगुनारायण नगरपालिकामा एक दिवसीय प्रशिक्षण सञ्चालन गरिएको छ । नगरपालिका र सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट नेपाल) को सहकार्यमा वडा नं १ र २ का विभिन्न सरोकारवाला सम्मिलित प्रक्षिण कार्यक्रममा भूकम्प तथा आगलागीबाट कसरी जोगिन सकिन्छ भन्ने बारेमा तालीम तथा पूर्वाभ्यास गरिएको थियो ।

कार्यक्रममा वडाका प्रतिनिधि, समाजसेवी, उद्योगी, नेपाल रेडक्रसका प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रहरी अधिकृत, महिला, गृहिणीलगायत स्थानीयवासीको सहभागिता रहेको थियो । नेपाल विभिन्न विपद्का दृष्टिले उच्च जोखिममा रहेका कारण यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतनाको खाँचो रहेको वडा नं २ का अध्यक्ष शिवहरि केसीले जानकारी दिनुभयो । उहाँले यस किसिमका जनचेतनामूलक कार्यक्रम नगरपालिकाका अन्य वडामा पनि सञ्चालन गरिने बताउनुभयो । आइसेट नेपालले डिसीएको आर्थिक सहयोगमा सो नगरपालिकामा बाढी, पहिरो, आगलागी र भूकम्पजस्ता विपद्को जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर