भारतसँगको सम्बन्ध सुधारका लागि सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भोली भारत जाँदै — OSNepal

भारतसँगको सम्बन्ध सुधारका लागि सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भोली भारत जाँदै

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० को निमन्त्रणामा नेपाली कांग्रेस भोली बिहिबार भारत जाने भएको छ ।

भारतसँग सिमा विवाद, नाकावन्दी लगायत अन्य राजनीतिक कारणवाट विग्रेको सम्वन्ध सुधारका लागि सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भोली भारत जाने भएको हो ।

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा उदय शम्शेर जबरा र अजय चौरसिया भारत जान भएका हुन् ।

भारतमा रहँदा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम तय भएको छ ।

गत भदौमा मात्र सहमहामन्त्री महतको निमन्त्रणमा चौथाइवाले नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर