प्रहरी दिवस : अमर प्रहरी परिवारका ३३ जनालाई आज सम्मान गर्दै प्रधानमन्त्री — OSNepal

प्रहरी दिवस : अमर प्रहरी परिवारका ३३ जनालाई आज सम्मान गर्दै प्रधानमन्त्री

LC (KTM) October 06, 2021 0

काठमाडौं, २० भदौ – नेपाल प्रहरीको ६६औं स्थापना दिवसका अवसरमा सहिद अमर प्रहरी परिवारका ३३ जनालाई सम्मान गरिँदैछ ।

प्रहरी प्रधान कार्यालयले नक्सालमा विशेष समारोहबीच बुधबार आज ३३ जनालाई सम्मान गर्न लागेको हो । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, परिवारलाई कदर पत्र दिएर सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

यो वर्ष विरगति प्राप्त गरेका प्रहरीहरुका परिवारलाई यो सम्मान प्रदान गर्न लागिएको हो ।

कार्यक्रममा यो वर्ष उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा जवानलाई पनि सम्मानित गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
देशैभरी प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालयमा प्रहरी दिवस मनाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर