प्रचण्ड आन्दोलनबाट जन्मिएको नेता हो भने, ओली लोकतान्त्रिक पद्धतिले स्थापित गरेको नेता हो : शंखर पोखरेल — OSNepal

प्रचण्ड आन्दोलनबाट जन्मिएको नेता हो भने, ओली लोकतान्त्रिक पद्धतिले स्थापित गरेको नेता हो : शंखर पोखरेल

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । नेकपा एमालेका नेता शंखर पोखरेलले नौं महाधिवेशनमा माधव कुमारले हारलाई पचाउन नसकेकाले पार्टीको एकता बचाउन नसकेको बताएका छन् । हिजो एक कार्यक्रममा सहभागी भएका उनले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्दोलनले जन्माएको नेता भनेका पोखरेलले कार्यक्रममा भने, ‘प्रचण्ड व्यवस्थित संंगठनात्मक प्रणाली भित्र हुर्किएको नेता होइन , प्रचण्ड आन्दोलनबाट जन्मिएको नेता हो । ‘

प्रचण्डको अस्थिरता , अवसरवाद र महत्वकाक्षी एमालेको नितिमा सहज भएन र आफ्नो विशेषता नजोडिएकोले एकता बचाउन नसकिएको उनले बताएका छन् । कार्यक्रममा उनले अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक पद्धितिले स्थापित गरेको नेता हो, नेतृत्वले निमार्ण गरेको नेता होइन भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर