धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त — OSNepal

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएका छन् ।

आज मंंगलबार बसेको मन्त्रिपरिषद्को निणर्यले ढंगानालाई बर्खास्त गर्ने निणर्य गरेको हो । सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा सिमेन्ट कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएपछि अर्थमन्त्रालयले ढुंगानालाई निलम्बन गरेको थियो ।

यस अघि असोज ११ गते उनलाई स्पष्टिकरण सोधिएको थियो जवाफ चित्त बुझ्दो नआएपछि आजको बैठकले बर्खास्त गर्ने निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर