प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १९२ मा कोरोना सङ्क्रमण पुष्टि — OSNepal

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १९२ मा कोरोना सङ्क्रमण पुष्टि

LC (KTM) October 05, 2021 0

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १९२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ७०७ को पीसीआर परीक्षण गर्दा १३२ र ३१८ को एन्टिजेन परीक्षण गर्दा ६० को रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३ मध्ये विराटनगरमा ४१ सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा एकरएक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १०३ महिलासहित १८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिला र पाँच पुरुष गरी छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर