पछिल्लो २४ घण्टामा नेपालमा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी — OSNepal

पछिल्लो २४ घण्टामा नेपालमा संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । भने ६ जनाले भने संक्रमणबाट ज्यान गुमाएका छन् ।

योसँगै हालसम्म ११ हजार १८० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर