काठमाडौं किङ्स ११ ईपीएल टी ट्वान्टी क्रिकेटको प्ले अफमा पुग्न सफल भएको छ । आज भैरहवा ग्लाडीयटर्सविरुद्धको खेल स्थगित भयो । जसका कारण एक अंक पाएपछि काठमाडौं प्ले अफमा पुग्न सफल भएको हो । रातभर परेको वर्षाले टियु क्रिकेटको मैदान भिजे पछि खेल स्थगित गरिएको थियो । दुबै टिम काठमाडौं र भैरहवाले एक एक अंक बाडे । मैदानको आउटफिल्ड खेलका लागि योग्य नहुँदा अम्पायरले खेल स्थगित गरेका हुन् ।
काठमाडौं चौंथो स्थानमा रहदै प्ले अफमा पुगेको हो । काठमाडौंले ५ खेलमा ३ अंक जोड्न सफल भयो । ललितपुर प्याट्रीयट्ससँग समान ३ अंक जोडेपनि काठमाडौं नेट रन रेटमा अघि रह्यो । साविक विजेता ललितपुर भने लिग चरणबाटै बाहिरिएको छ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।