सत्तारुढ चार दलबिच मन्त्रालय भागबण्डामा सहमति जुट्यो , कुन दललाई कुन मन्त्रालय पर्यो ? — OSNepal

सत्तारुढ चार दलबिच मन्त्रालय भागबण्डामा सहमति जुट्यो , कुन दललाई कुन मन्त्रालय पर्यो ?

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । गठवन्धन सरकारले तिन महिना पुग्न लाग्दा मन्त्रालयको विषयमा सहमति जुटाएको छ । मन्त्रिपरिषद् विस्तार समयसम्म सामान्य हेरफेर भएपनि मन्त्रालयको भागवण्डा सहमति भएको जनाइएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार दलको छलफलमा सहमति जुटेको हो । छलफलमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी का शीर्ष नेताहरुको सहभागिता रहेको थियो । भोली साँझ सम्म मन्त्रीको पनि टुंगो लाग्ने सहभागी एक नेताले जनाएका छन् ।

सत्तारुढ दल कांग्रेसलाई गृह , परराष्ट्र कानुन , सञ्चार महिला बालबालिका तथा जेष्ठ नागरिक,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री परेको छ । त्यसैगरी ,नेकपा माओवादी केन्द्रलाई अर्थऊर्जा मन्त्रालय,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण,खानेपानी,कृषि तथा पशुपंक्षी मन्त्रालय,थप एक राज्यमन्त्री भागमा परेको छ ।

नेकपा (एकीकृत समाजवादी)लाई रक्षा,संस्कृति पर्यटन तथा नागरिक उड्डयन,उद्योग वाणिज्य तथा आपूर्ति,सहरी विकास,युवा तथा खेलकुद,थप एक राज्यमन्त्री भागमा परेको छ । साथै जनता समाजवादी पार्टीलाई भने भौतिक पूर्वाधार तथा यातायात,शिक्षा, विज्ञान तथा प्रविधि,संघीय मामिला तथा सामान्य प्रशासन,वन तथा वातावरण श्रम रोजगार तथा सामाजिक सुरक्षा विभाग परेको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार भागबण्डामा सहमति भएको र ‘मन्त्रालय भागबण्डामा सहमति जुटेको बताइएको छ । शुक्रबारसम्म जसरी पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा भएको पनि बताएका छन् ।

मंगलबार सत्तारुढ दलको बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर