काठमाडौं १९ असोज । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बिहीबार बस्ने भएको छ । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने भएको छ ।
बिहिबारको स्थायी कमिटिको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, सम(सामयिक राजनीति, सरकार लगायतका बिषयमा छलफल हुने स्रोतले जनाएको छ । पार्टीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएपछि बैठक बस्न सकेको थिएन ।
अहिले नेपालको स्वास्थ्य सामान्य भएको उनको सचिवालयले जनाएको छ ।