बुढानिलकण्ठ बस्ने राज खड्कालाई चक्कु प्रहार गरी हत्या गर्ने प्रदिप पक्राउ — OSNepal

बुढानिलकण्ठ बस्ने राज खड्कालाई चक्कु प्रहार गरी हत्या गर्ने प्रदिप पक्राउ

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बु रहेका छन् ।

उनले सोही स्थना बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेका थिए । प्रदिपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

गम्भीर घाइते खडकाको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर