आठ मिनेट बसेको संसद बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश, अब अर्को बैठक असोज २२ गते — OSNepal

आठ मिनेट बसेको संसद बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश, अब अर्को बैठक असोज २२ गते

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६\७७ को प्रस्तुत् भएको छ ।

प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुत पनि सभामुख अग्निप्रसाद सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई वार्षिक प्रतिवेदन पेश गर्न अनुमिती दिएकपछि उक्त प्रतिवेशनमा संसदमा पेश भएको हो ।

संसद अवरुद्ध भएको एक महिना पुग्न लागिसक्दा पनि संसदको अवरोधको समाधान भने सकेको छैन । कार्कीले वार्षिक प्रतिवेदन पेश गर्ने बितिक्कै बैठक स्थगित भएको छ ।

आठ मिनेट बसेको संसद बैठकमा एमाले सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका थिए । अब अर्को बैठक असोज २२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर