संसद बैठकमा एमालेको नारा :कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन — OSNepal

संसद बैठकमा एमालेको नारा :कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमाले अवरोध र्सिजना खडा गरेको छ । आजको संसद बैठकमा एमाले सांसदहरुले कालो धन चाहिँदैन देश लुट्न पाइँदैन , पदीय मर्यादा कायम गर भन्दै वेल घेराउन गरेका छन् ।

सरकारले ल्याएको चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्थाको विरोध जनाउँदे एमालेले संसद अवरोध गरेको हो ।

गत भदौ २३ गते देखि संसद बैठक अवरोध गर्दै आएको एमालेको अवरोधका बाबजुत पनि सरकारले जवरजस्ती बैठक भने सञ्चानल गर्दै आएको छ ।

आजको बैठकमा पनि एमालेको नारावाजी बिच पनि राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभा बैठकमा पेश गर्न सभामुख अन्गिप्रसाद सापकोटाले अनुमति दिएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेका छन् ।

योसँगै आजको बैठक असोज २२ गते सम्मका लागि स्थगित गरिएको छ । एमालेले संसद अवरोध गरेको पनि लगभग एक महिना पुग्न लागिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर