महाधिवेशन लगत्तै राप्रपा आन्दोलनमा होमिदै — OSNepal

महाधिवेशन लगत्तै राप्रपा आन्दोलनमा होमिदै

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले महाधिवेशन पछि अपाm्नो पार्टी आन्दोलनमा होमिने बताएका छन् ।

आज मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेण्डा स्थापित गराउन महाधिवेशन लगत्तै आन्दोलनमा होमिने बताएका हुन् ।

कार्यक्रममा उनले भ्रष्टचारले देशलाई थला पारेको बताउँदै धर्म परिवर्तन, वेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादितर्फ धकेलिने बताएका छन् । साथै उनले कार्यक्रममा नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक संकटग्रस्त अवस्थामा पुगेको आरोप लगाएका छन् ।

कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर