काठमाडौं १९ असोज । ‘रिफ्रेस’हुन भन्दै आफ्ना छोरीसहित राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्रागिरी पुगेकी छन् । हिजो सोमबार परिवाका सदस्यसहित चन्द्रागीरी पुगेकी भण्डारी आज भालेश्वर मन्दिरको पुजा गरी फर्किने कार्यक्रम रहेको शितल निवासले जनाएको छ ।
रिफ्रेस हुन भन्दै भण्डारी हिजो दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट पुगेकी हुन् । भण्डारीले रिर्सोटमा शुद्ध नेपाली खाना खाएको बताइएको छ । उनको खानामा सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात भएको स्रोतले जनाएको छ ।
चन्द्रागीरी जानको लागि राष्ट्रपति भण्डारीको लागि लोकल हायस माइक्रोबसको व्यवस्था गरिएको थियो । सर्वसाधरणलाई समस्या नहोस् भन्दै भण्डारीले कुनै कारगेड विना नै चन्द्रागीरी जाने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।
भण्डारीले त्यहाँ पुगेर पृथ्वीनारायण शाहले युद्ध लडेको स्थानको अवलोकन समेत गरेको चन्द्रागीरी व्यवस्थापनले जनाएको छ ।