त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो — OSNepal

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो

LC (KTM) October 05, 2021 0

काठमाडौँ १९ असोज । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट बचेको छ ।

जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजको पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ तर पनि जहाजमा भने कुनै क्षति नभएको विमान स्थल स्रोतले जनाएको छ ।

अन्य उडान भने भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर