काठमाडौँ, ८ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा वरिष्ठ पत्रकार माधव आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आचार्यको आज काठमाडौंको कपनस्थित आफ्नै निवासमा ८० वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँले लोकतन्त्रका पक्षमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
जनकपुरबाट प्रकाशित हुने जनआकांक्षा साप्ताहिक र आकांक्षा दैनिकका सम्पादक आचार्य क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २०३६ मा जनमत संग्रहका बेला जनआकांक्षा साप्ताहिकले कांग्रेसको पक्षमा लेख र रचनाहरु प्रकाशित गर्नुका साथै बहुदलको पक्षमा उल्लेखनीय कार्य गरेको थियो । सभापति देउवाल उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्नुभएको छ । (रासस)