बिश्वभर फैलिएका सामाजिक सञ्जाल कम्पनी फेसबुक, ह्वाटस् एप र इन्स्टाग्राम सबै डाउन भएका छन्। फेसबुक इन्कको स्वामित्वमा रहेका यी तीनै सञ्जाल एकसाथ डाउन भएपछि बिश्वभरका युजरहरु प्रभावित भएका छन् । यी तीन वटै सञ्जालले एउटै पूर्वाधार प्रयोग गर्ने भएकोले ३ वटै सञ्जाल डाउन भएका हुन् । कुनै पनि ब्राउजरबाट फेसबुकले काम गरेको छैन । फेसबुकले साइटमा इरर देखाएको छ। त्यसैले फेसबुकमा समस्या आएपछि यसका युजरहरुले रिपोर्ट गरेका थिए।
युजरहरुले गरेको रिपोर्टहरूकै आधारमा अहिले काम भइरहेको फेसबुकले ट्विटरमा लेखेको छ। फेसबुकले लेखेको छ फेसबुक खुल्नमा समस्या भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी यसलाई यथासम्भव छिटो सामान्य अवस्थामा फर्काउन काम गरिरहेका काम गरिरहेका छौँ। असुविधाका लागि क्षमाप्रार्थी छौँ।