चाडपर्व लक्षित बजार अनुगमनमा तिब्रता , आज खनारमा गरियो अनुगमन — OSNepal

चाडपर्व लक्षित बजार अनुगमनमा तिब्रता , आज खनारमा गरियो अनुगमन

LC (KTM) October 04, 2021 0

दशै तिहार जस्ता चाडपर्व नजिकिदै गर्दा अखाद्य बस्तुहरु बिक्री हुने गरेको गुनासो बढे पछि इटहरी उपमहानगरपालिकाले बजार अनुगमनमा तिब्रता दिएको छ । आज खनार वजारमा गरेको वजार अनुगमनका क्रममा म्याद गुज्रेका समान वेच्न राखेको पाइएको छ । अनुगमन टोलीले म्याद गुज्रिएका समान नष्ट गरेको छ । खनार वजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो ।

उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका समान वेच्न राखेको पाइएको छ । एउटा पसलमा त तीन वर्षअघि म्याद गुज्रिसकेको समान समेत राखेको पाइएको छ । चाउमिन मसला,मन्थन गोल्ड सुजी,मुसुरो दाल,ज्वाँनो,पवित्रा मकै चामल,पूर्णिमा गरम मसला,सेन्चुरी मसला,मिट मसला,गोल्ड सेवाई,वजाज अल्मोण्ड तेल,अमृत कफि चकलेट र विकेएस मसला म्याद गुज्रिएको पाइएको हो ।

पाँच वटा पसलमा मूल्य सूची नराखेको पाइयो । चार वटा पसल ब्यवसाय प्रमाण पत्र विनानै संचालन भएको भेटिएको छ । दुईवटा पसलको नविकरण नभएको पाइएको छ । अनुगमनका क्रममा ब्यवसाय प्रमाण पत्र लिन,पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर