काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पाटेक मारेको अभियोगमा २०७ जना पाकेटमार पक्राउ — OSNepal

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पाटेक मारेको अभियोगमा २०७ जना पाकेटमार पक्राउ

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पाटेक मारेको अभियोगमा प्रहरीले ठुलो संख्यामा पाकेटमार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आज १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चक्रपथभित्र र बाहिर अपरेशन नै चलाएर भदौ यता २०७ जना पाकेटमारलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । ति मध्ये १ सय ६१ जनालाई जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा कारागार पठाइएको प्रहरीले जनाएको छ ।

सार्वजनिक सवारी साधन पार्क सपिङ महल जस्ता स्थलमा सर्वसाधरणको पटेक मार्ने सुनासो आएपछि सादा पोशाकमा एउटा बसमा दूई जना प्रहरी खटाइएको थियो ।

यीनीहरुले पकेटमार्दा आफ्नै छुट्टै कोड भाषा समेत प्रयोग गर्ने गरेका छन् ।
जस्तो पैसा ः द ,मोवाइल : कान ,पाकेटमारी सकेको मान्छे : रामे ,पाकेटमारका मास्टर स् काशी ,पैसा धेरै छ : टानको द ,पैसा थोरै छ : जुटको द ,गाडी : काँचा, केटा : छापा, केटी : भद्री ,पुलिस आयो : ठुल्दाई आयो ,ड्राइभर : माम ,खलासी : मले ,गाडीबाट झरेर भाग : टप्की, गाडीभित्र अगाडि सर : अकल जा , गाडीभित्र पछाडि सर : चिछल जा जस्ता भाषा प्रगोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर