काठमाडौँ १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग अहिले सुर्य चिन्ह र मदन भण्डरीको विरासत मात्र रहेको बताएका छन् ।
एमालेमा अहिले विचारमा बहस नुहने दावी गरेका अध्यक्ष प्रचण्डले सबैले आफ्नो पद प्रतिष्ठाको लागि काम गर्ने गरेको आरोप लगाएका छन् । स्वार्थका लागि मिल्ने एमालेसँग अहिले विचार र सिद्धान्त केही नभएको उनको तर्क रहेको छ ।
‘एमालेमा विचार सिद्धान्त हुँदैन, त्यही सूर्य चिह्न छ, मदन भण्डारी भन्ने छन् । मदन भण्डारीको ठाउँमा केपी अेली बनाउन खोजिएको छ’ पार्टी कार्यालय पेरिसडाँडामा आयोजित वुद्धिजीवि संगठनको कार्यक्रममा प्रचण्डले भने ।
एमालेका दोस्रो तहका नेताहरुसँग पनि प्रष्ट विचार नभएको बताएका उनले भने , ‘दोस्रो तहका नेताहरु विचारमा चोट्टा रहेछन्,भनेर हामीले आशा गर्यौं, नारायणकाजीजी र मैले त तिनीहरुसँग धेरै मेहनत गरेका छौं’ तर पछि तिनका विचार सिद्धान्त सुर्य चिन्ह लोगोमा गएर आत्मसमर्पणमा टुंगिएको उनले टिप्पणी गरेका छन् ।