काठमाडौं १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नरहेको स्पष्ट पारेका छन् । सरकारमा सहभागी हुन आफुहरुलाई कुनै अफर नआएको बताएका उनले यस्तो जनाएका हुन् ।
आज सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले आफ्नो प्राथमिकता माग र मुद्धा भएकाले आफुहरुले सरकारमा सहभागी हुन माग पनि नगरेको बताएका छन् । ‘हाम्रो प्राथमिकता माग र मुद्दा हो’, ‘हामीले हाम्रो मुद्दाको सम्बोधन होस् भन्न चाहेका हौं ‘ उनले भने।
सबै खेल सत्तामा भइरहेको बताएका उनले आफुहरु मुद्धाको सम्बोधनको पक्षमा भएको बताएका उनले भने, ‘एमसीसीलाई लिएर तथा मन्त्रिपरिषदमा भागबण्डालाई लिएर विवाद शुरु भएको छ’ ।