प्रतिलिपि नागरिकता बनाउन घुस लिएका नासु उमेश परे अख्तियारको फन्दामा — OSNepal

प्रतिलिपि नागरिकता बनाउन घुस लिएका नासु उमेश परे अख्तियारको फन्दामा

LC (KTM) October 04, 2021 0

काठमाडौँ १८ असोज । प्रतिलिपि नागरिकताको बनाउनका लागि आएका सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नासु उमेश कुमार चौधरी रहेका छन् । उनले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन ८ हजार ५ सय रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

आयोगले दिएको जानकारी अनुसार चौधरी माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कारबाही हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर