लगातार एमालेको विरोधका बिच पनि राष्ट्रिय सभाको बैठकबाट आज यी चार विधेयक पनि बहुमतले स्वीकृत — OSNepal

लगातार एमालेको विरोधका बिच पनि राष्ट्रिय सभाको बैठकबाट आज यी चार विधेयक पनि बहुमतले स्वीकृत

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । लगातारको नेकपा एमालेको विरोध भएपछि आज बसेको राष्ट्रिय सभाको बैठकले विरोधका बाबजुत पनि चारवटा विधेयक अगाडी बढाएको छ ।

जसमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक रहेको छ । बैठकमा एमालमेको विरोधका बिच प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यी विधेयकहरु पेश गरेका थिए ।

यी सबै विधेयकहरु दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठक सुरु हुनासाथ एमालेले विरोध जनाएको थियो ।

विरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पार्वती रावललाई बोल्न समय दिएपछि उनले सरकारले दल विभाजन विधेयक ल्याएको लगायतका कारण विरोध जारी रहेको स्पष्ट पारेकी थिइन् ।

अब अर्को राष्ट्रिय सभाको बैठक असोज २४ गत २ बजे बस्ने गरि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर