सभामुख सापकोटाले भने प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै संसद विघटन गरियो — OSNepal

सभामुख सापकोटाले भने प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै संसद विघटन गरियो

LC (KTM) May 22, 2021 0

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।शनिबार वक्तव्य जारी गर्दै सभामुख सपकोटाले यस्तो बताएका हुन् । सापकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गर्दै भनेका छन् ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरणीय छ ‘।

राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको सापकोटाले बताए । उनले प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर