काठमाडौं १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको विधान महाधिवेशनको वन्द सत्रमा अहिले सम्मकै ठुलो सहभागी रहेको दावी गरेका छन् ।
नेपालका राजनीतिक पार्टीहरुको भन्दा ठूलो सहभागिताको वन्द शत्र भएको जिकिर गरेका ओलीले राजनितिक प्रतिवेदनको जवाफ दिँदै यस्तो दावी गरेका हुन् ।
उनले भने, ‘यो उदघाटन सत्र होइन, बन्द शत्र हो । यति ठूलो संख्यामा वन्द शत्र कुनै पनि पार्टीले गरेको छैन ।’
पार्टीले गरेको आन्दोलनको परिचय वन्द सत्र भएको भन्दै समयमै वन्दसत्र सकिएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले एकताको वाटो छोडेर सत्ता गुटवन्दीको बाटोबाट पार्टी र सरकारलाई सिध्याउने षडयन्त्र भएको समेत बताएका छन् ।