कांग्रेस अधिवेशनः टोखामा बिमली, नागार्जुनमा गौतम निर्वाचित — OSNepal

कांग्रेस अधिवेशनः टोखामा बिमली, नागार्जुनमा गौतम निर्वाचित

LC (KTM) October 03, 2021 0

काठमाडौँ, १७ असोज- नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण बिमली निर्वाचित हुनुभएको छ । कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी हुनुभएको छ । टोखामा ११ वडा रहेका छन् ।

यस्तै, कंँग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजय हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गर्नुभयो । यस्तै, दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ र दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा रहेका छन् । काठमाडौँका पालिकामा शनिबार पालिका अधिवेशन घोषणा गरेपनि शनिबार दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर