नेकपा एमालेमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी — OSNepal

नेकपा एमालेमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । नेकपा एमालेको पार्टीभित्र अब ३३ प्रतिशत महिला सहभागी अनिवार्य हुने भएको छ । उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले आज विधान अधिवेशनको अन्तिममा पार्टीभित्र ३३ प्रतिशत महिला सहभागी हुने बताएका हुन् ।

पार्टीको विधानमा नै ३३ प्रतिशत महिलाको सहभागी गराउन पहल गरेको बताएका पौडेलले एमालेमा महिलाको सहभागिता राम्रो भएको पनि बताएका छन् ।

गत १५ गते देखि ललितपुरको गोदावरीमा चलेको विधान महाधिवेशन आजबाट सकिन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर