कैलालीमा सङ्क्रमित र मृ त्यु हुने सङ्ख्यामा वृद्धि हुँदै — OSNepal

कैलालीमा सङ्क्रमित र मृ त्यु हुने सङ्ख्यामा वृद्धि हुँदै

LC (KTM) May 22, 2021 0

कैलाली, ८ जेठ – दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृ त्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा पुष्टि भएको छ । अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार सङ्क्रमितको निधन भएको थियो ।

मृ त्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन् । अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को मृ त्यु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल एक सय तीन सङ्क्रमित उपचाररत् छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर