काठमाडौं १७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का नेता महेश बस्नेतले एमालेलाई कमजोर नबनाई अरु पार्टीले चुनाव जित्न सक्दैनन् भन्ने कुरा आजको यथार्थ भएको दावी गरेका छन् ।
समकालिन नेतृत्वमा केपी ओलीको शिखर ब्यक्तित्व सबैको लागि डाँह र इर्स्याको बिषय बनेको दावी गरेका उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्ति हेर्दा उनी ठुलो डिप्रेशनमा देखिन थालेको बताएका छन् ।
उनले भनेका छन्, बिगतको हत्या, हिंसा भ्रष्टाचार र आतंककारी गतिबिधिको पश्चाताप र भबिष्यमा हुन सक्ने सजाय र दुर्गतिको आंकलनले प्रचण्ड बिक्षिप्त भएको देखिन्छ ।
एमालेको संभाबित बिजयको यात्राबाट आतंकित भएको प्रचण्डलाई लक्षित गर्दै नेता बस्नेतले भने, प्रचण्ड कमरेड एमाले आफ्नो बाटोमा निरन्तर हिडिरहन्छ बाधा अडचन गर्न आउनेलाई पन्छाएर हिड्न सक्षम छ। तपाईको धम्कि हात्तीलाई भुसुनाले टोके जस्तै हो। एमालेले फु गर्दा तपाईको धम्कि धुलोमा बिलिन हुन्छ।
सामाजिक सञ्जाल मार्फत बस्नेतले भनेका छन् , एमाले जस्तो जाली, फटाहा पार्टीले हामीलाई हेप्न खोजेका छन, तिनको सातो खाने हो प्रचण्डले यसो भनेछन्। स्याल बुढो भए भिर खोज्छ, मान्छे बुढो भयो भने निहुँ खोज्छ भन्छन् ।