काठमाडौं, १७ असोज-एमालेमा अब १५ आयोग रहने भएको छ । एमालेको विधान महाधिवेशनले संशोधन गर्दै २१ बाट १५ मा झारेको हो ।आयोगमा रहने पदाधिकारीको संख्या पनि घटाइएको छ । पहिले आयोगमा रहने पदाधिकारीको संख्या २१ थियो । तर, अब १५ जना मात्र रहनेछन् ।
एमाले उपमहासचिव विष्णु पौडेलले आयोगमा अब अध्यक्ष, उपाध्यक्ष र सचिव १५ जना रहने जानकारी दिए । धेरै आयोग हुँदा कार्यसम्पादनमा असर परेको तथा खर्च पनि बढेकाले १५ वटामा झारिएको बताए ।