एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको सुझाव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने — OSNepal

एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको सुझाव : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । ललितपुरको गोदावरीमा आज तेस्रो दिन पनि जारी नेकपा एमालेको विधान महाधिवेशनमा पाँचवटा समूहले समूहगत छलफलको निष्कर्ष पेश छन् । जसका प्रतिनिधिहरुले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड हुन् ।

अबका प्रचार विभाग प्रमुख योगेश भट्टराई दिएको जानकारी अनुसार प्रदेश २ ले यस्तो व्यवस्था लागु हुनसुपर्ने जोड दिएको हो । प्रदेश २ बाट ज्वाला साह सुझाव पेश गरेकी हुन् ।

अबको केहि बेरमा नै अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल महाधिवेशनमा प्रस्तुत् भएका तिन प्रस्तावको विषयमा उठेको प्रश्नको जवाफ दिने भएका छन् ।

६ हजार भन्दा बढीको सहभागिता रहेको विधान महाधिवेशन आजैबाट सम्पन्न हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर