पानी पर्ने बित्तिकै बाटो पार गर्न घण्टौँसम्म सर्वसाधारणले सास्ती खेप्दै — OSNepal

पानी पर्ने बित्तिकै बाटो पार गर्न घण्टौँसम्म सर्वसाधारणले सास्ती खेप्दै

LC (KTM) October 03, 2021 0

जाजरकोट, १७ असोज – सडकको स्तरोन्नति थालिएको दुई वर्ष पूरा हुँदासम्मा एक मिलोमिटर बाटो कालोपत्र नहुँदा दैनिक जाजरकोट–डोल्पा सडकखण्डको पासागाड रिम्नामा हैरानी हुने गरेको छ । हिलाम्ये सडकको ठाउँठाउँमा पानी जम्ने भएकाकारण चार किलोमिटर पार गर्न पनि दिनभर लाग्ने गरेको छ ।

आकाशबाट पानी पर्नेबित्तिकै सडकमा यातायातका साधन चलाउनै नसकिने हुन्छ ।सदरमुकाम भएर जाने बाटो रेडक्रस भवन नजिकै भत्किएका कारण जाजरकोट–डोल्पा सडकखण्डबाटै यातायातका साधन चलाउन थालिएको छ। सो सडक स्तरोन्नतिको नारा दिएर काम थालिएको दुई वर्ष वित्तिसक्दा पनि निर्माण व्यवसायीले काममा चासो नदिँदा दैनिक यो बाटोमा घण्टौँसम्म सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

निर्माण व्यवसायी कमान खड्काले निःशुल्क सडक मर्मत गर्नुभएकाले अहिले जोखिम मोलेर पनि सो सडकमा यातायातका साधन गुडिरहेका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले सो सडक कालोपत्र गर्ने ठेक्का लिएर पनि समयमै काम पूरा नगर्दा रुकुम पश्चिम, जाजरकोट र डोल्पाका नागरिकले दैनिक पीडा भोग्न बाध्य भएका हुन् । “सदरमुकामको सडक भत्किएको छ, पासागाड –कालेगाउँको सडक प्रयोग नगरी रुकुम पश्चिम, पूर्वी जाजरकोट र डोल्पा जान सकिदैन बस चालक रमेश विसीले भन्न्नुभयो, “यो सडक हिँडेर ३० मिनेटमा पुगिन्छ तर हामीलाइ कम्तीमा सजिलै पार गर्नसमेत दुई घण्टाभन्दा बढी लाग्छ ।

पानी पर्ने वित्तिकै रातभरी बास बस्नुपरेको पीडा हामीसँग छ ।”समयमै सडकको काम गरिदिएको भए त्यो बाटोमा अहिले न कसैले सास्ती भोग्नुपथ्र्यो न त कसैले गाली नै गर्थे । कालोपत्र गर्ने जिम्मेवारी लिएर तोकिएको समयमै काम नगर्दा दैनिक त्यहाँबाट यात्रा गर्ने सर्वसाधारणले दुःख पाउने गरेको भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदार साथी समयमा काम गर्नुहुन्न, गाली भने हामीले खानुपर्छ ।”

नगरप्रमुख केसीलाइ कसैले भन्ने आँटसम्म गदैनन्, उहाँको काम देखेर हैरान हुनुभएका सडक डिभिजनका प्रमुख धु्रव झासमेत पत्रकार साथी तपाईहरुले बढी घचघच्याउनु प¥यो भन्दै सहयोग माग्ने गर्नुहुुन्छ ।समयमै काम पूरा नगर्दा बेलाबखत आफूले पनि अबगाल खेप्नुपरेको पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको भनाइ थियो ।

पूर्वमन्त्री बस्नेतकै घर भएर जाने सबै यातायातका साधन पाँच मिनेटमै हिलोमा फस्ने भएकाले यात्रुको गालीको सबैभन्दा पहिलो निसानामा उहाँ नै पर्नुभएको हो। पानी परेका दिन पूर्वमन्त्री बस्नेतकै घरदेखि तल्लो क्षेत्रमा सवारीसाधन चलाउनै मुस्किल हुन्छ । तोकिएको समयमा काम नगर्ने ठेकेदार केसीसमेत यही सडक भएर विभिन्न भागमा यात्रा गर्ने गर्दा पनि निर्माणमा चासो दिनुभएको छैन । सडक अवरुद्ध भइरहदा सोही ठाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रको प्रशोधनमा पनि समस्या हुँदैआएको छ । जनतालाई भारी समस्या पर्दा पनि ठेकेदारलाई पेलेर काम गराउन नसक्ने नेतृत्वको लाचारीपनले सबैले दुःख पाउनु परेको सर्वसाधारणको गुनासो थियो ।

पासागाडमै पुल निर्माण नहुँदा सवारीसाधन वारपार गर्न मुस्किल हुँदै आएको छ । नौ वर्षअघि बोलपत्र आह्वान भए पनि अहिलेसम्म काम हुन सकेको छैन । पुलको नक्सा नै गलत हुँदा काम अघि बढाउन नसकिएकाले पुनः बोलपत्र गर्न लागिएको चौरजहारीस्थित सडक डिभिजनका प्रमुख ध्रुव झाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर