खुशीको खबर, नेपालमा अहिले सम्मकै धेरै संक्रमितले जिते कोरोना — OSNepal

खुशीको खबर, नेपालमा अहिले सम्मकै धेरै संक्रमितले जिते कोरोना

LC (KTM) May 22, 2021 0

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख १० हजार ८६ पुगेको छ । मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ८४८ सङ्क्रमित निको भएका छन् ।

एकै दिन सङ्क्रमणमुक्त भएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो ।योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।त्यस्तै बितेको २४ घण्टामा थप १२९ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट ६१५३ जनाको मृत्यु भएको छ ।अहिले १ लाख १५ हजार ८०६ जना सङ्क्रमित आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर