काठमाडौं १७ असोज । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सत्ता गठवन्धन दलहरुलाई नालायकीको संज्ञा दिएका छन् । हिजो राती एक कार्यक्रममा सहभागी भएका उनले संसदले केहि गर्न नसेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,‘यो संसदले के डेलिभरी गरिरहेको छ रु यही नालायकीका साथ चलाउने कुरा त हाँस्यास्पद हुन्छ ।’वर्तमान संसद्ले निकास नदिने दाबी गरेका उनले आफुले सभामुख अग्निप्रसाद सापकोटासँग हिसाब खोज्ने समेत चेतावी दिएका छन् ।
साथै कार्यक्रममा उनले पार्टी फुटेर नगन्य रुपमा असर परेको बताउँदै माधव नेपालले दिएको आगामी निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्ने अभिव्यक्तिको जवाफ आगमी निवार्चनमा दिने समेत बताएका छन् ।