काठमाडौँ १७ असोज । तीन दिन चलेको नेकपा एमालेको विधान महाधिवेशन आजबाट सकिने भएको छ । ललितपुरस्थित गोदावरीमा जारी विधान महाधिवेशनको आज अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिने भएका छन् ।
विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव प्रस्तुत भएको थियो । प्रस्तुत् प्रस्तावमा १० समुह बनाई छलफलसहितको सुझाव दिइएको छ । आज बाँकी दुई समुहको प्रस्तुति हुने भएको छ ।
ओलीले जवाफ दिने र उक्त प्रतिवेदनलाई पारित गर्ने आजको कार्यसुची रहेको छ ।
महाधिवेशनमा ६ हजार भन्दाको सहभागीता रहेको छ ।