अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्षमा पञ्चा सिंह चयन — OSNepal

अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्षमा पञ्चा सिंह चयन

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बन्दै पञ्चा सिंह इतिहास रचेकी छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो ।

त्यस अनुरुप आज बिहान अध्यक्ष प्रचण्डसँग सो विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए । छलफलमा प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने बताएका हुन् ।

अध्यक्षमा मुख्य दावेदारका रुपमा सिंह र सुरेन्द्र बस्नेत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर